सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्ट : बलात्कार नभएको पुष्टि

डिसी नेपाल
२५ असार २०७८ ६:५६
920
Shares

काठमाडौँ। चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पुष्टि भएको छ ।

पोष्टमार्टम रिपोर्टमा शरीरमा कुनै किसिमको चोट पटक नदेखिएको तर दायाँ हातमा ब्लेडले थोरै काटिएको तर बलात्कार नभएको केन्द्रीय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले बता। सुजिताको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको हो ।

डिआईजी सिंहले भने,“कसैले गर्भवती छ भन्ने भनिरहेका थिए, तर त्यस्तो केही छैन ।” पोष्टमार्टम रिपोर्ट आएको तर अहिले हेर्न भने नमिल्ने उनले बताए।

पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको डिआईजी सिंहले बताए। उनले भने,“हाइमेन च्यातिएको छैन, रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ।भि–सेरा परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको  छ।”

भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्ने उनको भनाइ छ। चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ भेटिएको थियो। असार ११ मा विहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यही दिन दिउँसो दिदीलाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएकी थिइन्। गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *