कविता : राक्षशी कोरोना

डिसी नेपाल
२६ असार २०७८ ९:२९
132
Shares

कहाँ बाट टुसाएर राक्षशी कोरोना आयो,
साना-ठूला,धनि-गरिवको गल्ली-गल्लीमा छायो,
आँखा बाट मानवको धुरी-धुरू आँशु ल्यायो,
करोडौ निर्दोशीहरूलाई राक्षशी शैलीमा खायो।।

सहयोगीहरूको सहयोग ठिक-ठिकै भयो,
आँशु सबैको बगे पनि अलि-अलि आस रह्याे।
साथी-भाइ,ईस्ट-मित्र सबै निलीदियो,
हाम्रो आँशु बगेर यहाँ ठूलो समुन्द्र भयो!!

मानवको घरहरूलाई कैदखाना गराइदियो,
अन्जानै रहेर हामीलाई नै कैदी बनाइदियो।
पृथ्वीमा अत्याचारको सिमा नाघेको थियो,
त्यसै कारण धर्तीमा कोरोनाले जन्मलियो।।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *