वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै छलफलसमेत भएको छैन : मन्त्रालय

डिसी नेपाल
२७ असार २०७८ १७:१२

काठमाडौं। सरकारले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने कुनै छलफल नभएको जनाएको छ। निगमलाई निजीकरण गर्न लागिएको भन्दै निगमका कर्मचारीहरु आन्दोलित भइरहेका बेला सरकारले निजीकरणका लागि कुनै छलफलसमेत नभएको जनाएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण गर्ने विषयमा मन्त्रालयमा कुनै छलफल नभएको बताएको हो। मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जारी गरेको विज्ञप्तिमान निजीकरणको कुनै कार्यक्रम पनि भएको जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *