सडक ग्रावेल गर्ने विषयमा दुई समूहबीच तनाव
सप्तरी। सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा सडक ग्राभेल गर्ने क्रममा दुई पक्षबीच झडप हुने स्थिति देखिएपछि काम रोकिएको छ।
गाउँपालिकाको बजेटले हिलाम्य भएको गाउँको बाटोमा ग्राभेल नहाली नहरको डिलमा हाल्न खोजेपछि स्थानीयले तत्काल आवश्यक भएको ठाउँमा नदिएको भन्दै रोक्न खोजेका थिए।
स्थानीय र उपभोक्ता समितिका पदाधिकारीबीच झडप हुने स्थिति देखापरेपछि काम नै रोकाइएको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।
उपभोक्ता समितिले कोशी पश्चिम नहरको डिलमा ग्राभेल ओछ्याउन खोज्दा स्थानीयले गाउँमा हाल्नुपर्ने बताउँदै काम रोक्न पुगेका थिए। स्थानीयले काम रोक्न जाँदा उपभोक्ता समितिका पदाधिकारीबीच सामान्य हात हालाहालको स्थिति भएलगत्तै पुगेको प्रहरी टोलीले घटना साम्य बनाएको एसपी धमलाले बताए । उनले भने, ‘उपभोक्ता समितिका पदाधिकारी र स्थानीयबीच सहमति नभएसम्मका लागि काम रोकाइएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment