साेमबारकाे माैसम : बाढी पहिराे आउनसक्ने, सतर्क रहन आग्रह

डिसी नेपाल
२८ असार २०७८ ६:३६

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नियमित बुलेटिनमा महाशाखाले यस्तो आग्रह गरेको हो।

पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा भनिएको छ, ‘प्रदेश १,बागमती , गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित भारी भारी वर्षाको सम्भावना रहेको छ।’

‘त्यसैले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १,बागमती प्रदेशका र गण्डकी प्रदेशका केहि स्थानहरुमा र बाँकि प्रदेशका थोरै स्थानहरुमा मेघ घर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भैरहेको पनि पूर्वानुमान महाशाखाले जनाएको छ।

सोमबार दिउसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका १÷२ स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

भने सोमबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका १÷२ स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएके छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *