सुख्खा पहिराे खस्दा नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध
साँकेतिक तस्वीर
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। चितवनको कालीखोलामा खसेको सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ।
सोमबार विहान साढे ४ बजे इच्छाकामनाको कालीखोलामा सडकमा पहिरो खसेको थियो। सुख्खा पहिरो खस्नेक्रम चलिरहेकाले सवारी साधनहरु चल्न सकेका छैनन्।
जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउन केही समय लाग्ने बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment