विदेश जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिन आग्रह

डिसी नेपाल
३० असार २०७८ १८:४५

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार व्यवस्थापन शाखाले वैदेशिक रोजगारीमा जाने कामदारलाई अमेरिकाबाट आएको एउटा मात्र डोज लगाए हुने जोन्सन एण्ड जोन्सन खोप दिन अनुरोध गरेको छ । उक्त शाखाले एक विज्ञप्तीमार्फत यस्तो आग्रह गरेको हो ।

विज्ञप्तीका अनुसार वैदेशिक रोजगारीका लागि विभिन्न श्रम गन्तव्य मुलुकका रोजगारदाताले वैदेशिक रोजगारीको लागि जाने नेपाली कामदारलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरेका छन् ।

साथै, कोभिड–१९ विरुद्धको खोप नलगाई साउदी अरब, कतार लगायतका खाडी र अन्य श्रम गन्तव्य मुलुक जाने नेपाली कामदारलाई सम्बन्धित मुलुक प्रवेश पश्चात निश्चित समय अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेगेटिभ आएमा पनि थप होम क्वारेन्टिन बस्नुपर्ने जस्ता प्रावधान रहेकाले कादारलाई सजिलो होस भन्ने हेतुले उक्त खोपको माग गरिएको हो ।

त्यस्तै, विज्ञप्तीमा भनिएको छ, ‘यसरी क्वारेण्टिन बस्दा अनुमानित लागत एक लाख रुपैयाँसम्म लाग्ने र सो रकम कामदार स्वयम्ले व्यहोर्नु पर्ने समाचारहरु आइरहेको छन् । वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृत प्रदान गर्ने कार्य तथा अन्तर्राष्ट्रिय हवाई उडान सुचारु भइसकेको अवस्थामा वैदेशिक रोजगारीमा जान चाहने इच्छुक नेपाली नागरिकले समयमा कोरोनाविरुद्धको खोप प्राप्त गर्न नसक्दा रोजगारीको अवसरबाट वन्चित हुनुपर्ने समस्यालाई मध्यनजर गरी वैदेशिक रोजगारीमा जान नेपाली कामदारहरुलाई जोन्सन एण्ड जोन्सन खोप प्रदान गर्न प्राथमिकतामा राखी आवश्यक प्रबन्ध मिलाई्दिनु हुन अनुरोध छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *