हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुन्छ : प्रधानमन्त्री देउवा

डिसी नेपाल
३१ असार २०७८ १७:१९
252
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक नेपालीको स्वास्थ्य अब सरकारको चासो हुने बताएका छन्। उनले विहीबार अपरान्ह ट्वीट गर्दै आफू नेपालीको स्वास्थ्यप्रति सचेत रहेको बताएका हुन्। उनले सबै नेपालीले कोरोनाविरुद्धको निःशुल्क खोप पाउनेसमेत बताएका छन्।

प्रधानमन्त्री देउवाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। काँग्रेस सभापति देउवा मंगलबार प्रधानमन्त्री बनेका हुन्।

देउवाले हाल सानो आकारको मन्त्रिमण्डल बनाएका छन्। तर, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने आफैसँग राखेका छन्। देउवाले छिटै मन्त्रिमण्डललाई पूर्णता दिने छन्।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री बनेका देउवाले यही साउन २९ गतेभित्र संसदबाट विश्वास मत लिनुपर्नेछ। एमालेको माधव समूहले समर्थन नगरे देउवाले विश्वासको मत पाउने सम्भावना छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *