फेरि अर्को खेप अमेरिकी सहयोग काठमाडौं आइपुग्यो

डिसी नेपाल
३१ असार २०७८ २०:४६
3.3k
Shares

काठमाडौं। कोरोनाविरुद्धको लडाइँमा अमेरिकी सहयोग निरन्तर रहेको छ। केही दिनअघिमात्र १५ लाख डोज खोप सहयोग गरेको अमेरिकाले थप स्वास्थ्य सामाग्री पठाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले कोरोनाविरुद्ध लड्न थप सामाग्री विहीबार काठमाडौं आइपुगेको जानकारी दिएको छ।

दूतावासका अनुसार विहीबार ५ लाख र्‍यापिड डाइगोन्सटिक टेस्ट किट सहयोग काठमाडौं आइपुगेको हो। सो सहयोग सामाग्री यूएसएड नेपालकी निमित्त मिशन निर्देशक एड्रीयाना हएसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षमण अर्याललाई विहीबार हस्तान्तरण गरेकी छन्। अमेरिकाले यसअघि पनि स्वास्थ्य सामाग्री सहयोग पठाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *