अमेरिकाको बाल्टिमोरमा नेपालीहरुबीच फुटबल प्रतियोगिता सम्पन्न

डिसी नेपाल
१ साउन २०७८ ५:१०

बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा बस्ने नेपाली युवाहरुका आठवटा टीमबीच सम्पन्न साथी कप फुटबल प्रतियोगितामा बाल्टिमोर एथलेटिक क्लब बिजयी भएको छ । विजयी टिमका क्याप्टेन विवेक तामाङ्ग हुन् । जुलाई १० र ११ मा बाल्टिमोर शहरमा सम्पन्न फुटबलमा आठवटा युवा टिममा १७६ खेलाडीहरुको सहभागी थिए ।
विजयी टोलीलाई २५ सय अमेरिकी डलर पुरस्कार दिइएको छ । यसैगरी खेलमा एभरेष्ट फुटबल क्लब उपविजेता बनेको छ । उपबिजेतालाई १५ सय अमेरिकी डलर पुरस्कार दिइएको छ । विजेता र उपविजेतालाई मेडल, प्रमाणपत्र र ट्रफी पनि दिइएको थियो ।


खेल अयोजक संस्था साथी बाल्टिमोरका रमेश भट्टले मेरिल्याण्ड राज्य भित्रका नेपालीभाषी युबाहरुलाई खेल माध्यामबाट जोड्ने प्रयासस्वरुप यो प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा खेलाडी र सर्बाधिक गोल गर्ने खेलाडीको दुईवटै उपाधि सुदीप विश्वकर्माले जितेका छन् । उनले सर्वाधिक ६ गोल गरेका थिए । भट्टले दिएको जानकारीअनुसार, प्रथम पुरस्कार घिमिरे होम्सले प्रयोजन गरेको थियो भने दोस्रो पुरस्कार गैरआवासीय नेपाली संघ, मेरिल्याण्ड च्याप्टरले प्रयोजन गरेको थियो ।
प्रतियोगिताको समापन समारोहमा मेलिल्याण्ड र पेन्सिलभेनियाका लागि नेपाल सरकारका अबैतनिक महावाणिज्यदूत प्रेमराजा महत र गैरआवसीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थले खेलाडीहरुलाई हौसला प्रदान गरेका थिए । उनीहरुका साथमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्बेन्द्र खनाल, मेरिल्याण्ड राज्यका डेलगेटहरु ह्यारी भण्डारी, कार्ल ज्याक्सन, जे जेलिसी, कम्पट्रोलर अफ मेरिल्याण्डका चाल्र्स योङ्ग, समाजसेवीहरु हेम पाठक, प्रेमकुमार श्रेष्ठ, धन गुरुंङ्ग, कुल गुरुंङ्ग, अनुप खनाल, राजु क्षेत्री, एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको सहभागिता थियो ।

समापन समारोहमा कम्पट्रोलर अफ मेरिल्याण्ड पिटर फ्रानचोटले सहभागी सबै टिमलाई कार्यालयको तर्फबाट सम्मानपत्र दिएका थिए । त्यसैगरी मेरिल्याण्डको डिष्टिक्ट ८ र १० का डेलिगेटहरु नेपाली मुलका ह्यारी भण्डारी र कालै ज्याक्सन एवं जे जेलिसीले आयोजक संस्थालाई खेलको सफल आयोजना गरेकोमा सम्मान पत्र(साइटेसन) प्रदान गरेका थिए । आयोजक संस्था साथी बाल्टिमोरका भट्टले साथी कप हरेक बर्ष गर्ने र आउंदो सेप्टेम्बरमा साथी कप क्रिकेट आयोजना गर्ने जानकारी दिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *