ज्याेतिषीकै साइतमा सरकारी निवास सरे प्रधानमन्त्री देउवा

डिसी नेपाल
१ साउन २०७८ १०:१७
504
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार पुगेका छन्। ज्योतिषले दिएकै साइतमा देउवा बालुवाटार प्रवेश गरेका हुन्।

गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका देउवा आज बालुवाटार सरेका हुन्। ज्योतिषले शुक्रबारको साइत दिएपछि उनी केही दिन निजी निवासमै बसेका थिए।

साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उनी सरकारी निवास सरेको निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *