भेराेसेल खोपको मौज्दात सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

डिसी नेपाल
१ साउन २०७८ १७:०९
296
Shares

काठमाडौं। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा जारी कोरोनाविरुद्धको खोप अभियान स्थगित गरेको छ। चिनियाँ खोप भेरोसेलको मौज्दात सकिएपछि अभियान स्थगित गरिएको स्वास्थय कार्यालयले जनाएको छ।

असार २९ गते शुरु भएको खोप अभियान साउन २ गतेसम्म जारी राख्ने बताइएको थियो। तर, खोप नै सकिएपछि स्थगित गरिएको कार्यालयले जनाएको छ। अर्को सूचना नभएसम्मका लागि काठमाडौंमा खोप अभियान स्थगित गरिएको हो।

सरकारले चीनसँग ४० लाख डोज खोप किन्ने सम्झौता गरे अनुसार १० लाख डोज खोप नेपाल आएपछि खोप अभियान शुरु गरिएको थियो। अब बाँकी ३० लाख डोज आउन बाँकी छ। सो खोप नि छटै आउने जनाइएको छ। यसैबीच शुक्रबारमात्र चीनले थप १६ लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ। सो खोप आएपछि खोप अभियान फेरि शुरु हुनेछ।

बिहीबारसम्म काठमाडौं जिल्लामा १ लाख १५ हजार ७४१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने बुधबार ४३ हजार ४५८ र मंगलबार १३ हजार ६६३ जनाले खोप लगाएको स्वास्थ्य कार्यलय काठमाडौंले जानकारी गराएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *