कविता : बुढो रुख
त्यो बुढो टुनीको रुख
आज जिर्ण र कंकाल
स्वरूप लिइ उभिएको छ
कति बसन्त पार गर्यो,
कति गृष्म ऋतु पनि
बसन्त ऋतुमा
हरियाली सुन्दर उ
चर्को घामको
कुनै वास्तै थिएन
घामबाट बच्न आउने
युवतीहरुको सुन्दरता
बचायो अरे
झरीबाट ओत लाग्ने
खेतालाहरुलाई सुरक्षित
लुकायो अरे
यस्ता प्रशंसाले गद्गगद्
उसको खुसीको
सिमाना नै थिएन
हिजो प्रशंसा गर्नेहरु
आज उसको स्वरुपमा
अट्टाहास हाँसेका छन्
जसलाई सुन्न नसकी
आशुँ बगाइरहे छ
जसलाई कसैले देख्न सकेन
किनकी उ चुपचाप राेइरहेछ
केवल चुपचाप चुपचाप।।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment