व्यंग्य : बौलाहा कुकुरले टोकेकै हो

डिसी नेपाल
३ साउन २०७८ ७:२४

केही बर्ष अघि भएको चुनावमा निकै घत लाग्दा भाषण गरेर जनताको अत्यधिक मत पाएका र त्यही मतको आधारमा जनतालाई हँसाइ हँसाइ सरकार प्रधानको पद खाएका अति शक्तिशाली ब्यक्तिलाई अदालतको एकै आदेशले कुर्सी छोड्न पर्ला भन्ने कसैले कल्पना गरेको थिएन होला।

अरुले जे सुकै गरेका हुन् केही मतलब भएन र धेरैको सोचाइ त्यसतर्फ पनि गएन। उनका कोटरीका वरिष्ठहरु नै उनलाई हटाउन र डाँडा कटाउन सक्ने माइकालाल यो देशमै अटाउन सक्दैन भनेर अस्ति भर्खरसम्म पनि कुर्लँदै थिए।

यो कुर्सी छोड्न पर्यो भने कुर्सी नै भाँचिन्छ र कुर्सीमा बसुन्जेल संविधान लगायतका सबै नियम कानुन समेतलाई धोती लगाइदिएर मन लागे जसरी नाँचिन्छ अनि आउँदा धेरै बर्षसम्म यही कुर्सीमा मडारिएर बाँचिन्छ भनेको सुन्नेहरु अहिले आएर अचम्ममा परेका छन्।

देशको राजनैतिक इतिहासमा दुई तिहाइ समर्थन सहितको दोश्रो सरकारलाई आफ्नैहरुद्वारा नै फोश्रो साबित गर्न सूरुदेखि देखिने नदेखिने दुबै तरिकाले लागेको र अचाक्लि नै खोइरो खनेर जागेको अनि दुईजना आफैं सरहको बरिष्ठसहितका तेइस जना त सबै सिमा र बन्देजहरु पार गरेर खुलेआम रुपमा प्रतिपक्षसित मिल्न ठाउँ कुठाउँ केही नहेरी हस्ताक्षर गर्दै भागेको देख्दा पनि यिनले हातबाट कुर्सी फुत्केला भन्ने सोचेका थिएनन् भने जस्तो देखिन्थ्यो।

संविधान अनुसार आफूले पाएको अपार जनादेशलाई पहिलो पल्ट सँसद बिघटन गरेर सिध्याएका सरकार प्रधानले त्यसपछि राष्ट्र प्रधान देश र अध्यादेश मार्फत संविधानलाई कुल्चँदै शासन चलाउने र आफ्ना परम अन्धभक्तहरु बाहेक अरु सबैलाई गलाउने अनि बिरोध गर्नेहरुलाई उठ्नै नसक्ने गरी ढलाउने अचुक फर्मुला लगाउँदै आएकोमा सर्बोच्चको परमादेशले गल्र्याम गुर्लुम पारिदिए पछि बल्ल यसरी पनि सरकार प्रधानलाई ढाल्न र कुर्सीबाट फाल्न सकिँदो रहेछ भन्ने बुझेर ठूलै ज्ञान प्राप्त भएपनि राजनीतिमा कुर्सी बिनाको ज्ञानको केहीअर्थ रहने कुरै आएन।

यिनको दोश्रो कार्यकालमा काम भन्दापनि आफन्तले दाम चाहिँ निकै मजाले हाम गरे रे भनेर हल्ला चलाउनेहरु पनि आफ्नै दलका बरिष्ठहरु रहेको पाइयो। अति मूल्यवान सरकारी जग्गाहरु कौडीको भाउमा धेरै बर्षसम्मको लागि आफू नजिकका ब्यापारीहरुलाई भाडामा दिने र त्यसबाट आफूले पनि भरपुर फाइदा लिने, कोभिडको रोकथाम उपचार र अन्य ब्यबस्थापनको लागि सबै नियम कानुन मिचेर भएपनि अन्य ब्यापारीहरुलाई थिचेर अनि नजिककाले यथेष्ट कमिशन घिचेर गुणस्तरहीन सामान ल्याउँदा पनि रोकथाममा एक शब्द ननिकाल्ने काम गरेकाे हाे।

होस् अहिलेको सरकार ढाल्ने र नयाँ सरकार बनाउनेतर्फ कदम चाल्नेमा यिनको महत्वपूर्ण योगदान चाहिँ रहेकै छ। कुन दिनबाट बर्तमान सरकार प्रधानलाई भड्खालोमा जाक्ने र विधि बिधान जे सुकै भएपनि आफैं सर्बेसर्र्बा हुन पाउन पर्छ भनेर बिदेशी प्रभुरुपी देउता भाक्ने हो पत्तो छैन।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा गम्भिर असर पर्ने बिषयहरु माथि पनि ज्यादै हल्का र हाँस्यास्पद टिप्पणी गरेर अनि आफू नै सबैभन्दा ठूलो राष्ट्रवादी हुँ भन्ने भ्रम छरेर र कुर्सीको लागि औकातहीन बिदेशीका सामुपनि लम्पसार परेर यताका भन्दा उताकालाई रिझाउन प्रयास गरेको, आफ्ना भन्ने बिल्ला भिरेका र यथेष्ट कमिशन तिरेका अनि नगदकै नजरानामार्फत कोटरीमा छिरेका योग्य अयोग्य जस्तालाई जुनसुकै तहमा पनि आँखा चिम्लेर नियुक्ति गरेकाे हाे।

राष्ट्रकै सुख र समृद्धिको गफ चुट्ने, नगद जति आफ्नै नजिकका अरिँगालहरु मार्फत लुट्ने र उखान टुक्का सहितको हाँसो ठट्टा गर्दै सोझासिधा जनताको दिमाग भुट्ने गरेर सबैलाई सधैं भरी यसैगरी भुलाउने अनि आफ्नाका लागि सधैंभरी राम्रो आम्दानीको बाटो खुलाउने बाठो तरिका बेलैमा सबैका अगाडि खुल्नु र जनता प्रतिको कर्तब्य पूर्ण रुपमा भुल्नु अनि सबै काम छोडेर कुर्सी जोगाउने मार्गमा मात्रै डुल्नु र कुर्सी बचाउन जस्ता अपराधीलाई पनि लाज शरम पचाएर सरकारमा हुल्नु गर्दा पनि कुर्सी जोगिन नसक्ने बिरलै घटना समेत हुन सक्दो रहेछ भनेर नचाहिँदो हल्ला फैलाउने मुर्खहरुले बालुवाटार टु बालकोटसम्मको सिन्दुरे जात्रा र त्यहाँको सभा हेरेका रहेनछन् भन्ने सम्झन पर्ने हुन्छ।

बालुवाटारबाट बालकोटसम्मको फिर्ती यात्रामा एस्कर्टिङ्गको लागि स्वस्फुर्त रुपमा खटिएका र परिआए ज्यान समेत लिनदिने गरि डटिएका कार्यकर्ताहरुको समर्पण भाव देख्दा उनि आफैंले दिएको अरिँगालको उपमा सबैलाईज्यादै सान्दर्भिक र उचित लाग्यो रे।

मौरी भनेको भए आफ्नै ज्यानमा खतरा नपरि कसैलाई नडस्ने, सबैलाई अत्यन्त लाभदायक मह जस्तो पौष्टिक र औषधीय गुणहरुले भरिपूर्ण पदार्थ दिनको लागि काम नगरी खाली बस्दै नबस्ने र आफ्नाे फाइदाको लागि कोही कसैलाई पनि चिल्लो नघस्ने चरित्रको प्रतिनिधित्व हुने थियो।

अरिँगाल भनिसकेपछि आफ्नाे र अन्नदाताको खातामा आउने नगद हेरेर मात्रै नाता लगाउने अनि त्यही अनुसारको छाता ओढ्ने ओढाउने काम बाहेक अरु काम हुने कुरै आएन। जहाँ भिड त्यहाँ कोभिड भन्ने उक्तिलाई पुरै लत्याउँदै र सोझा सिधा जनतालाई अत्याउँदै हजारौँ गाडि र मोटरसाइकल सहित निजी निवाससम्म पुर्याउन गएको देख्दा नेता र उहाँहरुका भित्रिया कार्यकर्ताहरुलाई कोभिडले पनि छुन नसक्ने रहेछ भनेर सबैले बुझिदिन पर्छ भन्नेपनि प्रष्ट भयो।

पार्टीको झण्डा समातेपछि एकअर्कालाई कोभिड सर्ने र यो रोग लागेर मर्ने सम्भावनाको त कुरै भएन। उहिले राणाहरु श्री तीन महाराज भएपछि सिन्दुरे जात्रा गरेर दुनियाँलाई देखाउँथे रे भन्ने सुनेका जनतालाई सरकार प्रधानको पद गएपछि गरेको सिन्दुरे जात्रा देख्दा अचम्म लागेपनि आश्चर्य चाहिँ लागेको छैन।

उनी सरकार प्रधान भएको दिनबाट यस्तै अपत्यारिला र आश्चर्यजनक गफको साथै त्यस्तै कामहरु समेत देख्दै भोग्दै आएका र उनका काम गराइबाट चकित खाएका जनतालाई यो सिन्दुरे जात्रापनि खासै नौलो चाहिँ लागेन।

भाइ फुटे गवाँर लुटे भनेझै आफ्नै दलका नेताहरुले सरकार प्रधान भएर बालुवाटारमा बसेको र पुरै अबधी एकलौटी खाने गरी कम्मर कसेको देख्नखप्न नसकेर अनेक तरिकाले दुई बर्ष भन्दा बढी सताएको अनि पार्टी छिन्नभिन्न हुने काम गर्न तताएको र अन्त्यमा बिपक्षीलाई सरकार बनाउन सहयोग गर्ने कुरा बताएको हुनाले पार्टीको आन्तरिक समस्या सुल्झाउन नसक्ने अबस्थामा पुगेको हो।

आफ्नै पार्टीको त्यति बलियो र अधिकार प्राप्त सरकार गिराउन अनि बिपक्षीलाई बालुवाटार छिराउन र आफ्नै पार्टीको अध्यक्ष र सरकार प्रधानलाई अनेक खाले आरोप भिराउन बिभिन्न गतिबिधि गर्दै हस्ताक्षर समेत गरेपछि कुरा सकियो।

आफ्नाे नाक काटेर अर्काको कुन्नि के जाति टाल्ने र एकजनाको रिसले आफ्नै पार्टीको सरकार ढाल्ने अनि राजनीतिका सबै नीति नियम सिद्धान्त र नैतिकतालाई पोलेर खाँदै अलिअलि बाँकी भएको इज्जत पनि फाल्ने बरिष्ठ समेतका नेताहरुलाई पार्टीमा कुनै स्थान नभएको भन्ने अध्यक्षको बालकोटे उद्घोष र त्यस्ता उद्घोषको केही मतलब छैन भन्ने कोटेश्वरे जवाफ सुन्दा जनतालाई दुबैका कुरा सही लागेका छन्।

भाइ फुटे गवाँर लुटे भनेझै आफ्नै दलका नेताहरुले सरकार प्रधान भएर बालुवाटारमा बसेको र पुरै अबधी एकलौटी खाने गरी कम्मर कसेको देख्नखप्न नसकेर अनेक तरिकाले दुई बर्ष भन्दा बढी सताएको अनि पार्टी छिन्नभिन्न हुने काम गर्न तताएको र अन्त्यमा बिपक्षीलाई सरकार बनाउन सहयोग गर्ने कुरा बताएको हुनाले पार्टीको आन्तरिक समस्या सुल्झाउन नसक्ने अबस्थामा पुगेको हो।

गएको कति बर्षदेखि बिषको रुपमा दिमागमा जम्मा भएर बसेको रिसको घैँटो अहिले फुटेर छताछुल्ल भएको हुनाले देख्ने सुन्नेहरु कुरा नबुझेर रनभुल्ल भएका मात्रै हुन्, त्यो भन्दा अरु केही होइन। उही पानी बाराबारको स्थितिले अब मारामारमा प्रबेश गरेको छ। सरकार प्रधानको कुर्सीबाट हटाएको र अनेक लान्छना खेपेर भएपनि बालुवाटारबाट डाँडो कटाएको हुनाले बिरोधी पक्षलाई सन्चो भयो होला भनेजस्तो देखिएपनि बिपक्षीले गुलियो चटाएको भरमा दंग पर्न सकिन्न भन्ने त्यत्रो भोटो फटाएको मान्छेले नबुभ्mने कुरा त हुँदै होइन।

आफ्नो सुबुद्धि लगाएर समस्यालाईझेल्ने भन्दापनि सँधैभरि अर्काको कमजोरिमा खेल्ने, आफू टिक्न जोसित सहयोगको लागि रोइकराइ गर्यो मौका पर्नासाथ उसैलाई पेल्ने र फाइदा उठाइ सकेपछि सहयोगिलाई नै भित्तामा पुग्ने गरी ठेल्ने ब्यक्तित्व भनेर कहलिइ सकेका स्वघोषित महान नेताको स्वार्थले पनि बिपक्षीको गोरु ब्याउने सपना पूरा भएको हो।

अहिले सत्ताको स्वाद चाख्ने बेलामा उहाँहरुको अपूर्ब मिलाप देखिए पनि स्वार्थ बाझ्दै जाँदा एकअर्काको बिलाप सुन्न पर्ने समय खासै टाढा हुन्छ भनेजस्तो जनतालाई लागेको छैन। सधैं आफू मात्रै बाठो छु भन्ने ठानेर कदम चाल्ने, प्रयोग गरेर काम नलाग्ने भएपछि जसलाई पनि आँखा चिम्लेर फाल्ने र भन्नु नभन्नु भनिसकेर गर्नु नगर्नु गरिसकेपछि चाहियो भने फेरि गएर अँगालो हाल्ने अनि आफू शक्तिमा पुग्नासाथ आँखा र कान टाल्ने कार्यमा महारथ हासिल गरेका स्वघोषित महान नेताको भर पर्नेहरु घट्दै गएका हुन् कि जस्तो सम्झने मुर्खता नगर्नु भन्ने उनको चेतावनी अभैm कायम छ।

यिनले नेतृत्व गरेर संचालन गरेको दश बर्षे महान धनयुद्धबाट यिनका छोरी बुहारी ज्वाईँ सम्धि नजिकका ठेकेदारहरु आदि गरेर दुई दर्जन जति महान ब्यक्तिहरुले मात्रैे महान फाइदा उठाउने बाहेक अन्य उपलब्धि खासै नदेखिएको भएर पनि धनयुद्धको महान लक्ष्य कसको पक्षमा डिजाइन गरिएको रहेछ भन्ने जनताले अहिले आएर बुझेजस्तो देखिन्छ।

चुनाव छिटो भइदिएला र त्यसको नतिजा जमानत जफत हुने तिर गइदिएला भन्ने महान डरले गर्दापनि यिनलाई परिस्थितिले छेपारे नीति सहितको चेपारे भूमिका बाहेक अरु गर्न नसक्ने हैसियतमा पुर्याएको छ। आफूलाई किङ्ग मेकरको रुपमा प्रस्तुत गर्ने यिनको औकात खुट्टी हेर्दैमा सबैले चाल पाइ सकेका हुनाले पनि यिनले यसरी अस्थिर तरिकाले बकेका हुन सक्छन्।

जे होस् अहिलेको सरकार ढाल्ने र नयाँ सरकार बनाउनेतर्फ कदम चाल्नेमा यिनको महत्वपूर्ण योगदान चाहिँ रहेकै छ। कुन दिनबाट बर्तमान सरकार प्रधानलाई भड्खालोमा जाक्ने र विधि बिधान जे सुकै भएपनि आफैं सर्बेसर्र्बा हुन पाउन पर्छ भनेर बिदेशी प्रभुरुपी देउता भाक्ने हो पत्तो छैन।

कम्तिमा आउँदो पचास बर्षसम्म सरकार प्रधानको आसनमा बसेर देशमा बामपन्थीहरुको शासन चलाउने दम्भसहितको घोषणा गरेर सत्तामा रहेका स्वघोषित अति योग्य, सक्षम र जनवादी बामपन्थी नेताहरुको समूहले आफ्नै पार्टी समेत चलाउन र ज्यादै संकिर्ण स्वार्थले गर्दा आन्तरिक झगडालाई मुखले भनेजस्तो तगडा किसिमले गलाउन नसकेर क्षमता दक्षता केही नभए पनि अपुतालीमा आइ लागेको कुर्सीको बसाइ त्यति आरामदायी होला जस्तो चाहिँ देखिँदैन।

अहिलेका सरकार प्रधानले सपथ ग्रहण गर्नासाथ उनको दलसँग सम्बन्धित अपराधीहरु समेतले माफी पाउने र फेरि आफ्नो दिन आउने हल्ला चल्न थाल्नुपनि ज्यादै राम्रो संकेत हो।

सोझो हिसाबबाट सरकारले बिश्वासको मत पाउने र बहुमतको समर्थन आउने सम्भावना कम देखिएतापनि बिगतमा यस्तै मतको लागि अपनाइएको प्राडो, पजेरो, सुरा, सुन्दरी अनि भेडा बाख्रा सरह साँसदहरुको किनबेच संस्कृतिका जन्मदाता नै उनी आफैं भएकाले भित्रभित्र केकेसम्म हुनसक्ला भनेर जनताले अड्कल गरिसकेका र जेजस्तो बाधा अड्चन आएपनि भित्रभित्रको सेटिङ र अकुत नगद भेटिङको ब्यबस्थाले यो सुकार्य सजिलैसित सम्पन्न हुनेमा ढुक्क परिसकेका छन्।

अहिलेको सरकार ढाल्ने र नयाँ सरकार बनाउनेतर्फ कदम चाल्नेमा यिनको महत्वपूर्ण योगदान चाहिँ रहेकै छ। कुन दिनबाट बर्तमान सरकार प्रधानलाई भड्खालोमा जाक्ने र विधि बिधान जे सुकै भएपनि आफैं सर्बेसर्र्बा हुन पाउन पर्छ भनेर बिदेशी प्रभुरुपी देउता भाक्ने हो पत्तो छैन।

यस बिषयमा ख्याती प्राप्त महान खेलाडि स्वयम् नै सरकार प्रधान भएको बेलामा यति जाबो काम पनि हुन नसके प्रख्यात नाम माटोमा मिल्ने अबस्था आउन सक्ने हुनाले उहाँको ठाउँठाउँमा धाउने कार्य सुरु भइसकेको छ।

जनताले यसलाई ज्यादै शुभ समाचारको रुपमा लिएका र निकै महत्व दिएका छन्। काकताली परेर अपुतालीमा सरकार प्रधानको कुर्सी हातलागी भएपनि दक्षिणी छिमेकका समकक्षीको बधाइ फोन नआएको पिरले झिरको माछा जस्तो अबस्था भएको छ रे भन्ने हल्ला सुनेर अलि दिन अघि मात्रै बिदेशी हस्तक्षेपको घोर बिरोध गर्ने पूर्ब सरकार प्रधानहरुको विज्ञप्तिका अक्षर र शब्दहरुको सम्झना हुन पुग्यो भन्ने घोइरो घोइरो हल्ला सुनिएको छ।

आफूले पाएको अपार जनादेशलाई जोगाउन नसकेर जनादेशबाट होइन परमादेशबाट पद गुमाउन र बिपक्षीलाई कुर्सी चुमाउन पुगेका बालकोटे कामरेडले आफ्नै वरिष्ठ समकक्षीको लागि पद छोड्नलाई बौलाहा कुकुरले टोकेको पनि छैन अनि मैले त्यो जिम्मा बोकेको पनि छैन भनेर कुर्सी छोड्नुभन्दा केही दिन अघिमात्रै भनेका थिए।

राज्य सञ्चालनमा प्रत्यक्ष्य अप्रत्यक्ष्य रुपमा संलग्न भएका बरिष्ठ वा शिर्ष नेता कार्यकर्ताहरु मध्ये कसकसलाई बौलाहा कुकुरले टोकेर यो अबस्था आएको र कसकसले दुख पाएको हो थाहा भएन तर देश र जनतालाई बौलाहा कुकुर पक्कै टोकेको हुनाले यस्ता योग्य र सक्षमहरुलाई भोट हालेर काँधमा बोकेको चाहिँ पक्का हो भन्ने जनतालाई लागेको छ रे भन्ने गाइँगुइँ सुनिएपनि कुरा यसै हो भन्न सकिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *