जसपा विवादबारे निर्वाचन आयोगमा इजलास जारी
काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस शुरु भएको छ। इजलासमा निवेदकको तर्फबाट बहस शुरु भएको हाे। निर्वाचन आयोगले गठन गरेको इजलास प्रक्रिया अदालतको प्रक्रिया जस्तै हुने बताइएकाे छ।
बहस सकिएपछि आयोगले निर्णय सुनाउनेछ।तर, आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ।
निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment