थप १८ सय जनामा कोरोना पुष्टि, १६ सय निको

डिसी नेपाल
३ साउन २०७८ १७:२६

काठमाडौं । आइतबार नेपालमा १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ६२८ पीसीआर र ३ हजार एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २२३ र ५७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । जसमध्ये ६ लाख ३२ हजार ७४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजार ४८५ रहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५५० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *