एनआरएनए माल्टाको उपाध्यक्षमा गिरीको उम्मेद्वारी

डिसी नेपाल
४ साउन २०७८ २१:४३

माल्टा। एनआरएनए माल्टामा चुनावी सर्गर्मी बढेको छ। आगामी नेतृत्वका लागि आकांक्षीहरुले उम्मेदवारी घोषणा गरिरहेका छन्। यसैक्रममा एनआरएनए माल्टाको उपाध्यक्ष पदमा नविन गिरीले उम्मेदवारी दिएका छन्।

झापाको हल्दीबारी ३ जन्म घर भएका नविन गिरी सन २०१७ देखि वैदेशिक यात्राको क्रममा माल्टा आएका हुन्। उनले झन्डै ५ वर्ष माल्टामा बिभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन्। कम्प्युटर साइन्स अध्यन गरेका गिरी नेपालमा रहादा लामो समय शिक्षक पेशामा आवद्ध थिए।

उनले नेपालमा रहँदा पनि सामाजिक सेवामा सक्रिय रहेको र माल्टामा एनआरएनए अभियानमा जोडिन पाउँदा खुशी भउको बताएका छन्।

गिीि २०१९ देखि एनआरएनए माल्टाको उपाध्यक्ष् पदमा छन्। उनले माल्टामा स्थापित नेपाल माल्टा कम्युनिटिको अध्यक्ष तथा विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेर काम गरिसकेका छन्।

उनले एनआरएनए माल्टाको आसन्न निर्वाचनमा साझा प्यानल नामक समूहबाट उपाध्यक्ष पदमा उम्मेद्बारी दिएको बताए। उनले आफू माल्टा बस्दै गर्दा नेपालप्रतिको मायाँ र आगामी जेनेरेसनसहितको नेपाली कम्युनिटीप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै, व्यक्तिगत तथा प्रोफेसनल अनुभवबाट सिकेका विशेषज्ञतालाई कम्युनिटीसामु पुर्याई केही योगदान गर्न सक्छु भन्ने विश्वास रहेको बताए।

पार्दर्शिता, समावेसी, सहभागिता र जवाफदेहिता एनआरएनको आधारभुत आवश्यकता र दिर्घकालीन समाधान हो भन्दै यिनै सिद्धान्तहरुमा अडिक रहि आउॅंदा दिनहरुमा काम गर्ने उनको प्रतिवद्धता छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *