धनगढीकाे पहिलो रक्तसञ्चार सेवा केन्द्र हस्तान्तरण
काठमाडौं। अमेरिकी मिशन अन्र्तगतको डिफेन्स टिम र युएसएआइडी नेपालले धनगढीमा नवनिर्मित रक्तसञ्चार केन्द्रलाई हस्तान्तरण गरेको छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्डको सहयोगमा निर्मित सुदुर–पश्चिम प्रादेशिक रक्तसंचार सेवा केन्द्रलाई मंगलबार हस्तान्तरण गरिएको हो।
यो धनगढीकै पहिलो रक्तसंचार सेवा केन्द्र हो। नेपाल सरकार तथा नेपाल रेडक्रश सोसाइटीको अत्यावश्यक सेवा प्रदान गर्ने कार्यलाई अझै सबल बनाउने अमेरिकन राजदुतावासले जनाएको छ।
यस्तै दुतावासले समयमै रक्तदानको सुविधा उपलब्ध हुँदा धेरै जीवन बचाउन सकिने विश्वास व्यक्त गरेको छ।
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fnepal.usembassy%2Fposts%2F4086085364761825&show_text=true&width=500″ width=”500″ height=”761″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share”></iframe>
Facebook Comment