सन्दीपले गुमाए ‘द हन्ड्रेड’ क्रिकेट

डिसी नेपाल
५ साउन २०७८ १८:१२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । भिसाको कारण ओभल इन्भिन्सिबलमा आबद्द सन्दीपले द हन्ड्रेड गुमाउने भएका हुन् ।

सन्दीपले सामाजिक संजाल फेसबुकबाट ‘द हन्ड्रेड’ गुमाउने बताएका छन् । सन्दीपले टिएर ५ भिसा पाएपनि प्रतियोगिता खेलको लागि अनुमति नपाएको बताईएको छ । अब सन्दीपको स्थानमा दक्षिण अफ्रिकी बलर ताब्रेज शाम्सीले इन्भिन्सिबलबाट खेल्ने बताईएको छ ।

सन्दीप पहिलो संस्करणको प्रतियोगिताका लागि इंग्ल्यान्ड पुगिसकेका थिए । उनको क्वारेन्टिन अवधि आज सकिएको थियो । १०० बलको हुने प्रतियोगिता बिहीबारबाट सुरु हुने तालिका रहेको छ । पहिलो खेलमा इन्भिन्सिबल र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ । भिसाकै कारण सन्दीपले यस अघि भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट गुमाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *