टाउकोमा गोली लागेका युवा मृत फेला

डिसी नेपाल
७ साउन २०७८ ११:४४

काठमाडौं। चितवनमा एक युवाको टाउकोमा गोली लागेर मृत अवस्थामा फेला परेका छन्। भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा ती युवा मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका एसप ओमप्रसाद अधिकारीका अनुसार उनको टाउकोमा गोली लागेको र नजिकै गोलीको खोकासमेत भेटिएको छ। मृत फेला परेका युवा अन्दाजी ३० वर्षका रहेका छन्।

एसपी अधिकारीका अनुसार आज बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएकाले थप अनुसन्धान भैरहेको छ। मृत युवाको सनाखत भई नसकेको र सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *