टोकियो ओलम्पिक उद्घाटनको अघिल्लो दिन ओलम्पिक आयोजकका निर्देशक बर्खास्त

डिसी नेपाल
७ साउन २०७८ २२:१८

टोकियो (एजेन्सी)। जापानको टोकियोमा शुक्रबार ओलम्पिक गेम्सको उद्घाटन हुँदैछ। खेलकुदको महाकुम्भ उद्घाटन हुनु अघिल्लो दिन भने उद्घाटनसँग सम्बन्धित एक निर्देशकलाई बर्खास्त गरिएको छ। निर्देशक केंटरो कोबायशीलाई पदबाट हटाइएको हो।

टोकियो ओलम्पिकका केही स्क्यान्डल मध्ये यो पनि एक ठूलो स्क्यान्डल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको छ। तर, हालसम्म ओलम्पिक गेम्ससँग सम्बन्धित तीनजना उच्च अधिकारीहरुलाई हटाइएको छ।

पछिल्लो पटक बर्खास्त गरिएका कोबायशीलाई ९० को दशकमा उनले जर्मन नाजीमाथि गरिएको एक टिप्पणीका कारण हटाइएको हो। उनले त्यतिबेला एक ड्रामा जर्मन नाजीमाथि एक टिप्पणी गरेको भिडियो पछिल्ला दिनहरुमा भाइरल भएको थियो। त्यसपछि उनले त्यस विषयमा माफीसमेत मागेका थिए। तर, पनि उनलाई सो पदबाट हटाइएको हो।

शुक्रबार उद्घाटन समारोहमा जापानी सम्राट नरिहितो समभागी हुनेछन्। मात्र ९५० जना दर्शकमाझ उद्घाटन गरिने आयोजकले जनाएको छ। टोकियो पछिल्ला दिनहरुमा कोरोना संक्रमण बढिरहेको छ। हाल त्यहाँ आपतकाल लगाइएको छ। ओलम्पिक अवधिभर आपतकाल जारी रहनेछ। यो उद्घाटन कार्यक्रम कोरोना संकक्रमणको सुपर स्प्रेड इभेन्ट हुने जोखिम रहेको बताइएको छ। जापानामा ओलम्पिक गेम्सको विरोधसमेत भएको थियो। तर, पनि जापान सरकारले भने ओलम्पिक आयोजना गर्ने दृढता जनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *