कांग्रेस पदाधिकारी बैठक निवास बुढालीकण्ठमा सुरु

डिसी नेपाल
८ साउन २०७८ १०:४४
140
Shares

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु भएको छ। बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादव र केन्द्रीय क्रियाशील छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दैछन्।

यसअघि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे थियाे। तर पार्टीको बैठक प्रधानमन्त्री निवासमा नराख्न नेताहरुले नै सुझाव दिएपछि सभापतिको निवासमा राखिएको हो।

निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको गल्ती देउवाले दोहोर्याएको भन्दै चर्को आलोचना भएपछि देउवाले पुराना गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दै बैठक बालुवाटारमा नराख्ने निर्णय गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *