राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
फाइल तस्वीर
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। प्रधानमन्त्रीबाट हटेपछि ओलीले पहिलो पटक राष्ट्पति भण्डारीलाई भेट्न शिलत निवास पुगेका थिए।
राष्ट्रपति भण्डारीलाई भेट्न ओली शुक्रबार विहान ११ बजे शितल निवास पुगेका थिए। एमाले विवाद उत्कर्षमा पुगेके छ। माधव नेपाल समूहले प्रधामन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि एमालेले २४ घण्टे स्पष्टीकरण सोधेको थियो।
तर दोस्रो तहका नेताले पार्टी एकताको पक्षमा दबाव दिएपछि अध्यक्ष ओलीले माधव नेपाल समूहका २२ जनालाई ‘माफी’ दिएको बताएका थिए। ओली र नेपालबीच भेट गराउन दोस्रो तहका नेता सक्रिय छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment