गजल : आँशुभित्र लुकाएर रुन्चे हाँसो
आँशुभित्र लुकाएर रुन्चे हाँसो हाँस्दै आएँ।
त्यही हाँसोमा व्यर्थै मैले तिम्रो तस्वीर टाँस्दै आएँ।
मिहिनेती, इमान्दार भै आफ्नै कमाइ खानु छोरी,
बा आमाको आशिर्वाद मालासरी गाँस्दै आएँ।
दुख्दा मुटु सम्झनाले पाखा अनि पखेराको,
ढल्केवरका लहरा ती अनायासै मास्दै आएँ।
दुखै दु:ख, धोका घृणा समेटेको जिन्दगीमा,
साहसको हतियारले पीडा जति नास्दै आएँ।
हातगोडा बाँधी जब मुख थुन्ने प्रयास भयो,
सबका सामु बन्धन तोडी बोल्दै अनि काँस्दै आएँ ।।
माथागढी २ रुप्से गैराबरी पाल्पा
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment