कविता : कुखुरा चोर र राजश्व चोर

डिसी नेपाल
९ साउन २०७८ ८:१५
100
Shares

कुखुरा चोरले पाउछ दण्ड
राजश्व चोरले भिर्छ राजदण्ड
कुखुरा चोर सधैंको चोर
राजश्व चोर सधैंको इमान्दार।

राजश्व चोर हिडछ मस्कीमस्की
कुुखुरा चोर हिडछ झस्कीझस्की
कुखुरा चोर न्यायको भीख माग्छ
राजश्व चोर न्यायलाई लात हान्छ।

कुखुरा चोरसँग फुट्याकौडी छैन
राजश्व चोरसँग के छ के छैन?
कुखुरा चोर सधैं बदनाम छ
राजश्व चोरको चारैतिर नाम छ।

राजश्व चोर सधैं मालामाल
कुखुरा चोर सधैंको कंगाल
कुखुरा चोरलाई छिः छिः दूरदूर गर्छन्
राजश्व चोरलाई सबैले सलाम गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *