कविता : म फेरि आफैँमा हराउन खोज्दै छु

डिसी नेपाल
९ साउन २०७८ ८:३२

म कोलाहलमा शान्ति खोज्दै छु,

घृणामा पनि मायाका तरङ्ग खोज्दै छु

म वर्तमानमा भविष्य खोज्दै छु,

वर्तमानमा भूतका रमाइला पल खोज्दै छु
म आफूभित्र नयाँ आफू खोज्दै छु,

भावनाभित्र केही रोचक उत्तर खोज्दै छु
म सकी नसकी मुस्कुराउन खोज्दै छु,

जसरी पनि भावनाका वेग रोक्न खोज्दैछु।

म आरोह अवरोहको सामना गर्ने आँट जन्माउन खोज्दै छु,

जीवनलाई एउटा छुट्टै गति दिन खोज्दै छु,

म अहङ्कार भुल्न खोज्दै छु, फेरि दिलदार भई बाँच्न खोज्दै छु

म कापीमा आफ्ना भावना कोर्न खोज्दै छु,

काला मसीले आफ्ना भाव व्यक्त गर्न खोज्दै छु।

म शुन्यतामा भावनाका आवाज पहिल्यान खोज्दै छु,

म फेरि आफैँमा हराउन खोज्दै छु,

म अचानाको पीर खुकुरीलाई बुझाउन खोज्दै छु ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *