महन्थ ठाकुरसँग विप्लवको भेटवार्ता
काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जसपाका अध्यक्ष महन्थ ठाकुरसँग शनिबार भेटवर्ता गरेका छन्। शनिबार ठाकुर निवासमा विप्लव र खड्कबहादुर विश्वकर्मा पुगेका थिए। शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले ठाकुरसँग पहिलो पटक भेटवार्ता गरेका हुन्।
सरकार परिवर्तनपछि विप्लवले लगभग सबै नेताहरुसँग भेटवार्ता गरेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पहिलो दिन भेटेका विप्लवले त्यसपछि प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्य र माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरुलाई पनि भेटेका छन्।
यी सबै भेटमा विप्लवले तत्कालिन सरकार र आफूबीच भएको ३ बुँदे सम्झौता कार्यान्वयनको विषय उठाउँदै आएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment