गतवर्ष सबैभन्दा बढी कतार रोजगारीमा उडे नेपाली श्रमिक
काठमाडौं। गत आर्थिक वर्षमा नेपाली श्रमिक कतार रोजगारीमा सबैभन्दा बढी गएका छन्। वैदेशिक रोजगार कार्यालय, ताहाचलका शाखा अधिकृत प्रदीप कुमार ढकालका अनुसार कामदारको रुपमा नेपाली श्रमिक सबैभन्दा बढी कतार त्यसपछि साउदी अरेबिया उडेका हुन्।
ढकालले श्रम स्वीकृति लिएको आधारमा वैदेशिक रोजगारीको लागि नेपाली श्रमिक सबैभन्दा बढी कतार र त्यसपछि दोस्रोमा साउदी अरयिबा गएको बताए।
गत आर्थिक वर्ष २०७७/०७८ (१६ जुलाई २०२० देखि १५ जुलाई २०२१)सम्म व्यक्तिगत र म्यानपावरमार्फत श्रम स्वीकृत लिनेको संख्या साढे ५ लाखभन्दा बढी रहेको छ । ढकालका अनुसार गत आर्थिक वर्षमा कूल श्रम स्वीकृति लिनेको संख्या ५ लाख ६६ हजार ६ सय ९८ रहेको छ।
जसमा व्यक्तिगत श्रम स्वीकृतितर्फ:
नयाँ श्रमस्वीकृति लिनेको संख्या पुरुष ४१ सय ६८ र महिला ११ सय ४९ गरी ५३ सय १७ जना रहेका छन्। वैधानिकीकण : ४८ सय ५६ पुरुष र ४ सय ८० महिला गरी ५३ सय ३६ रहेका छन्।
श्रम स्वीकृति नविकरण गर्नेमाः ९० हजार ३ सय ३९ पुरुष र ४२ सय ७८ गरी ९४ हजार ६ सय १७ जना रहेका छन्। यसरी व्यक्तिगत श्रम स्वीकृति लिने पुरुषको संख्या ९९ सय ३ सय ६३ र ५९ सय ७ महिला गरी कूल १ लाख ५ हजार २ सय ७० रहेको छ।
त्यसैगरी, गत वर्ष म्यानपावरमार्फत रोजगारीका लागि विदेशिनेको संख्या ६१ हजारभन्दा बढी रहेको छ। म्यानपावरमार्फत ५५ हजार ८ सय ७९ पुरुष र ५ हजार ५ सय ४९ महिला गरी कूल ६१ हजार ४ सय २८ जनाले श्रमि स्वीकृति लिएका छन्।
No ads found for this position




Facebook Comment