आदिवासी जनजाति महासंघले भन्यो, ‘मिश्रको दस्तावेज असंवैधानिक’
काठमाडौं । आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनीतिक भएको टिप्पणी गरेको छ। अध्यक्ष जगत बराममगरले प्रेस वक्तव्य जारी गर्दै उक्त कुरा बताएका हुन्।
अध्यक्ष बराममगरले जारी गरेको विज्ञप्तिमा संघीयता खारेज र धर्म निरपेक्षता सम्बन्धी जनमतसंग्रह गर्नु पर्ने मिश्रको प्रस्ताव संविधान विपरित हुनसक्ने बताएको छ।
‘यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं। गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ,’ वक्तव्यमा भनिएको छ। बरामले उक्त प्रस्ताव निन्दनीय भएको बताएका छन्।
विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘मार्ग परिवर्तन÷विचारभन्दा माथि देश ‘ शीर्षकको दस्तावेज सार्वजनिक गरेका थिए।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment