काठमाडाैं महानगर भित्र अझै तीन हजार बढी काेराेनाका सक्रिय संक्रमित
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र तीन हजार ५० जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये होम आइसोलेसनमा दुई हजार ८ सय ७९ जना, अस्पतालमा एक सय १९ जना र संस्थागत आइसोलेसनमा ५२ जना रहेका छन्।
महानगरका अनुसार वडा नं. ९ मा सबै भन्दा बढी सात सय ४७ सक्रिय संक्रमितको संख्या रहेको छ भने सबै भन्दा कम वडा नं. १८ मा २ जना रहेका छन्। वडा नं. २३ मा अहिले सक्रिय संक्रमित नभएको महानगरपालिकाले जनाएको छ।
हालसम्म जम्मा पाँच सय ९ जनाको मृत्यु भएको छ। जसमध्ये सबै भन्दा बढी वडा नं. १६ मा ७५ जनाको कोरोनाका कारण ज्यान गएको छ भने वडा नं. २८ मा २ जनाले मात्र कोरोनाका कारण ज्यान गुमाउनु परेको काठमाडौं महानगरपालिकाले जनाएको छ।
हालसम्म जम्मा ७१ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिकाले जानकारी दिएको छ। जसमध्ये ६७ हजार ४ सय ४३ जना निको भएर घर फर्केका छन्।
सबै भन्दा बढी वडा नं. ३२ मा छ हजार नौ सय २६ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्। सबै भन्दा कम वडा नं. २४ मा दुई सय ८९ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment