प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

डिसी नेपाल
१२ साउन २०७८ २१:४२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केन ब्लिन्केनबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।

विदेशमन्त्री ब्लिन्केन र प्रधानमन्त्री देउवाबीच अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अन्य स्वास्थ्य सामग्रीका विषयमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।

त्यस्तै नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारी र जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा पनि छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेशमन्त्री ब्लिन्केन हाल भारत भ्रमणमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *