नेजा ग्रामीण सामुदायिक पत्रकारिता पुरस्कार पत्रकार अनु आचार्यलाई

डिसी नेपाल
१३ साउन २०७८ ०:११
224
Shares

वासिंगटन। नेपालअमेरिका पत्रकार संघ (नेजा) ले नेपालमा प्रदान गर्दै आएको नेजा ग्रामिण सामुदायिक पत्रकारिता पुरस्कार यस पटक रसुवा जिल्लालाई कर्म क्षेत्र बनाएर पत्रकारितामा सक्रिय अनु आचार्यलाई प्रदान गरेको छ। गत आईतबार सम्पन्न नेजाको ७ औं अधिवेशन तथा १४ औं साधारण सभामा सो पुरस्कारको घोषणा गरिएको हो।

नेपाल पत्रकार महासंघले वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिस गरेका अन्तिम ३ जना पत्रकारहरु मध्ये नेजाद्वारा गठित नेजाका पूर्व अध्यक्ष भोला आचार्य संयोजक तथा पत्रकारहरु विजय घिमिरे र प्रतिमा बास्कोटा सदस्य रहेको छनौट समितिले अनु आचार्यलाई सो पुरस्कार प्रदान गर्ने निर्णयसहित सिफारिस गरेको थियो।

पुरस्कार प्राप्त गरेकी आचार्य ६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन्।

सामूदायिक रेडियो, रेडियो रसुवा १०२ दशमलव १ मेगाहर्जवाट पत्रकारिता यात्रा श्रु गरेकी आचार्यले नयाँ पत्रिका राष्ट्रिय दैनिकमा यो वर्ष नेपाल र चीन व्यापार व्यवस्थापन कब्जा गर्न चीन बस्ने नेपाली व्यवसायीले सरकारी छाप नै किर्ते गरी नक्कली समिति खडा गरेको बारे समाचार लेखेकी थिइन्।

पुरस्कार छनौट समितिका संयोजक आचार्यले पुरस्कृत हुने पत्रकारको नाम घोषणा गर्दै सो पुरस्कार नेपालमा नेजासँगको समन्वयमा नेपाल पत्रकार महासंघले एक कार्यक्रमका बिच वितरण गर्ने बताए । सो पुरस्कारको राशी २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ।

नेजाले नेपाल पत्रकार महासंघको सहकार्यमा हरेक २ वर्षमा नेपालका ग्रामिण जिल्लामा बसेर पत्रकारिता गर्ने उत्कृष्ट पत्रकारलाई यो पुरस्कार प्रदान गर्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *