संसदमा सत्तापक्ष र प्रतिपक्षको एउटै स्वर, ‘नागरिकता विधेयक पास गरियोस्’
प्रतिनिधिसभा फाइल फाेटाे
काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयक पास हुनु पर्ने माग जोडदार उठ्न थालेको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल तथा प्रतिपक्षीदलका सांसदले नागरिकता विधेयक पास हुनु पर्ने आवाज उठाएका थिए।
सत्तारुढ गठबन्धन नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र प्रमुख प्रतिपक्षीदल नेकपा एमालेका सांसदहरुले नागरिकहरुलाई अनागरिक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन्। उनीहरुले एकै स्वरमा संसद्मा प्रस्तुत नागरिकता विधेयक रोकिनुको कारणसहित सांसदलाई जानकारी गराउनसमेत माग गरेका छन्।
प्रतिनिधिसभाको शून्य र विशेष समयमा आफ्नो धारणा राखेका उनीहरूले नागरिकता ऐन २०६३ संशोधन विधेयक तीन वर्षदेखि अड्किएकोप्रति ध्यानाकर्षण भएको समेत बताएका थिए।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि दफावार छलफल सकेर प्रतिवेदन पेस गरिसकेको भन्दै उनीहरुले तत्काल संसद्मा छलफल गरी उक्त विधेयेक पारित गराउन जोड दिएका छन्।
नेकपा माओवादी केन्द्रका सांसद इन्दु शर्मा, जनता समाजवादी पार्टीका सांसद प्रमोद शाह र प्रमुख प्रतिपक्षी एमाले सांसद लालबाबु पण्डितले सदनमा पेश भएको नागरिकता ऐन संशोधन विधेयक छिटोभन्दा छिटो सर्वसम्मतिले पास गरियोस् भनि माग राखेका थिए।
४ साउन २०७५ मा प्रतिनिधिसभामा पेस नागरिकता ऐन संशोधन विधेयक अझैसम्म पारित हुन सकेको छैन । विधेयक पारित नहुँदा जन्मका आधारमा नागरिकता लिएकाका सन्तान नागरिकताबाट बञ्चित छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment