पूर्व सभामुख महरालाई उच्च अदालत पाटनबाट पनि सफाइ

डिसी नेपाल
१३ साउन २०७८ ७:१८
116
Shares

कठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ। यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ।

उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताइन्।संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो।

जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गरेको थियाे। गाेरखापत्र दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *