आर्मोर्ड भेहिकलहरुको रोड ड्राईभिङ्ग अभ्यास गर्दै नेपाली सेना

डिसी नेपाल
१३ साउन २०७८ २१:४९

काठमाडौं । नेपाली सेनाले आर्मोर्ड भेहिकलहरुको रोड ड्राईभिङ्ग अभ्यास गर्ने भएको छ ।

मेकानाईज्ड युनिटहरुबाट आर्मोर्ड भेहिकल (Armored Personal Carrier र Mine Protective Vehicle) हरुमा सकल दर्जाहरुको ड्राइभिङ स्किल अभिवृद्धि गर्न तथा उक्त भेहिकलहरुको परिचालन कायम राख्नको निमित्त सेनाले स्थानिय प्रशासन र प्रहरीसंगको समन्वयमा रोड ड्राईभिङ्ग अभ्यास सञ्चालन गर्ने भएको हो ।

उक्त योजना अनुरुप काठमाडौंको सितापाईलामा तैनाथ गणले भाद्र महिनाबाट चैत्र महिनासम्म, सुनसरी व्यारेक ईटहरीमा तैनाथ गुल्मले श्रावण महिनामा तथा बोराडाँडी व्यारेक कैलालीमा तैनाथ गुल्मले श्रावण र भाद्र महिनामा रोड ड्राईभिङ्ग अभ्यास सञ्चालन गर्ने भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ ।

त्यस्तै सेनाले उक्त रोड ड्राईभिङ्गको विस्तृत मिति र रुट योजना नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np मा हेर्न सकिने व्यहोरा समेत जानकारी गराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *