गण्डकी बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना

डिसी नेपाल
१४ साउन २०७८ ६:३७

काठमाडौं । मौसम पूर्वानुमाना महाशाखाले गण्डकी प्रदेश बाहेकका सबै प्रदेशहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले प्रकाशित गर्ने बुलेटिनमा प्रदेश १, २ बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो।

मौसम पूर्वानुमाना महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेको छ।

बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।’

गण्डकी र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बांकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको र गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ पूर्वानुमान महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ।

बिहीबार राति पनि प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *