४४ वर्षपछि युवतीका हत्याराको पहिचान तर हत्याराको समेत ४३ वर्षअघि मृत्यु भइसक्यो

डिसी नेपाल
१४ साउन २०७८ ११:५७

काठमाडौं। ४४ वर्षदेखि जेलिएको एक हत्याको रहस्यलाई अन्ततः सुल्झाइएको छ । ४ दशक पहिले ती युवतीलाई बलात्कार गरेर हत्या गरिएको थियो । ती बलात्कारी र हत्याराको अहिले पहिचान भएको छ । यो अपराधको रहस्य पत्ता लगाउन अनुसन्धान एजेन्सीका जासुसहरुले दशकौंसम्म मेहनत गरेका थिए तर उनीहरुले सफलता पाएका थिएनन् ।

यो घटना अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । नर्सिङकी छात्रा जेनेट स्टलकपको १९७६ मा हत्या गरिएको थियो । त्यतिबेला उनको उमेर १९ वर्ष थियो । जेनेटको शव उनको कारको अघिल्लो सिटमा भेटिएको थियो । उनको घाँटी थिचेर मारिएको थियो । उनी एक साथीको पार्टीमा गएकी थिइन् र गाडीसमेत बेपत्ता भएकी थिइन् । मर्क्युरी न्यूजका अनुसार क्यालिफोर्निया जाँच एजेन्सीले टेरी डिन हकिन्स नामका व्यक्तिले यो अपराध गरेको बताएको छ ।

केसको जाँच गरिरहेका अधिकारीहरुको अनुरोधमा हकिन्सका एक जीवित आफन्तले हालै डिएनएको नमूना दिएका थिए र यो नमूना मिलेको छ । जेनेट स्टलकपको हत्याको १ वर्षपछि १९७७ मा हकिन्सको २३ वर्षको उमेरमा ओरेन्ज काउन्टी जेलमा मृत्यु भएको थियो । त्यतिबेला उनलाई स्टलकपको हत्याको आरोपमै जेलमा हालिएको थियो ।

हकिन्स मेकानिक थिए तर उनको आपराधिक इतिहास पनि थियो । लागूऔषध र हतियारसँग सम्बन्धित अपराध तथा अश्लील क्रियाकलाप गरेको जस्ता आरोप उनीमाथि लागेका थिए । विभिन्न आरोपमा उनलाई जेलमा राखिएको भए पनि उनी कहिल्यै दोषी भने ठहर भएनन् । १९७५ मा एक ३० वर्षीया महिलाको हत्याको केसमा पनि उनीमाथि आरोप लागेको थियो तर उनी दोषी ठहर भएका थिएनन् ।

हकिन्सको जेनेटिक मटेरियललाई २००२ मा काउन्टीको अपराध प्रयोगशालाद्वारा घटनास्थलबाट लिइएको स्वाबबाट छुटयाइएको थियो । डिएनए नमूना २०२० सम्म अज्ञात रह्यो । तर, जब हकिन्सको परिवारका सदस्यसँग यसको मिलान गर्दा घटनास्थलबाट लिइएको नमूनासँग मिल्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *