जसपाका तीन सांसदलाई कारबाही गरिएको पत्र प्रदेश सभामा

डिसी नेपाल
१४ साउन २०७८ १६:२३
340
Shares

काठमाडौं। लुम्बिनी प्रदेश सभाका तीनजना सांसदलाई जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेको पत्र लुम्बिनी प्रदेशसभा सचिवलायमा दर्ता भएको छ। महन्थ ठाकुर समूहमा रहेका उनीहरु सांसहरु एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारका मन्त्रीसमेत हुन्। जसपाको आधिकारिकता उपेन्द्र यादवले पाएपछि उनीहरुलाई पार्टीले कारबाही गरेको हो।

सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई निष्कासन गरेको लुम्बिनी प्रदेश संसदीय दलका नेता सहसराम यादवले जानकारी गराएका छन्। जसपाको कारबाहीपपिछ उनीहरु पदमुक्त हुने निश्चित भएको छ।

उनीहरु पदमुक्त भए अल्पमतमै रहेका मुख्यमन्त्री पोखरेलको संकट झन बढ्नेछ। यसअघि पनि जसपाले ती सांसदहरुलाई पदमुक्त गरेको थियो। तर, सर्वोच्च अदालतले त्यतिबेला उनीहरुको पद पुनःबहाली गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *