आजको मौसम : धेरै ठाउँमा भारी वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भूक्षय र खोलानालामा पानीको बहाब बढ्ने भन्दै सतर्क रहन आग्रह गरेको छ। आफ्नै नियमित बुलेटिनमार्फत महाशाखाले देरभरका धेरै ठाउँमा भारी वर्षाको सम्भावना पनि रहेको बाएको छ।
बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको संभावना रहेकोले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।’
शुक्रबार दिउसो र राति प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल देशभर सामान्य बदली रहनुका साथै प्रदेश १, बागमती, गण्डकी र सुदुर पाश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment