कवयित्री प्रतिमा अनेसास सुप्रमा इप्रमा पुस्कारबाट सम्मानित
लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आएकी कवयित्री प्रतिमा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित भएकी छिन्। बेलायतमा नेपाली साहित्यको विकास र प्रवद्र्धनका लागि ठूलो योगदान गरेका कवि ईश्वर मानन्धरले आफ्ना स्व पिताका नाममा पुरस्कार स्थापना गरेका हुन्।
‘हिम्मत’ म्युजिक भिडियो, ‘बेलायतमा कवि र कविताहरू’, ‘प्रवासका अक्षरहरू’ जस्ता आधा दर्जन साहित्यिक सङ्ग्रह निकाली सकेकी केसीका थुप्रै कविता पत्रपत्रिकामा प्रकाशित भइसकेका छन्।
बेलायत तथा विश्वका अन्य देशमा नेपाली साहित्यका लागि स्थापना भएका थुप्रै साहित्यिक संस्थाहरूमा आबद्ध केसी बेलायतवासी नेपालीबीच सुपरिचित छिन्। यसअघि उक्त पुरस्कारबाट बेलायतमा बस्दै आएका साहित्यकार मुकेश राई, केदार सङ्केत, कृष्ण बजगाईँ, दुर्गा पोखरेल, सुमाया राई, नृपेश उप्रेती र देवेन्द्र खेरेस पुरस्कृत भइसकेका छन्।
अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष लारा, सल्लाहकार सुमल गुरुङ र साहित्यकार रुपक श्रेष्ठ गरी तीन सदस्य रहेको पुरस्कार छनोट समितिले यस वर्षका लागि केसीलाई छनोट गरेको हो।रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment