ठमेलमा चिनियाँ नागरिकको अवैध मदिरा उद्योग

डिसी नेपाल
१५ साउन २०७८ १७:२१
508
Shares

काठमाडौं। घुम्न भन्दै नेपाल आएका एक चिनियाँ नागरिक काठमाडौंको ठमेलमा मदिरा उद्योग गरेर बसेको खुलेको छ। प्रहरीले शुक्रबार अवैध मदिरा उत्पादन तथा विक्री वितरण गरिरहेका चिनियाँ नागरिक शि जुइवेलाई पक्राउ गरेको छ। अपराध महाशाखाको टोलीले शुक्रबार ठमेलस्थित छिन्ता लामाको घर भाडामा लिई मदिरा उद्योग सञ्चालन गरिरहेको फेला पारेको हो।

प्रहरीका अनुसार ती चिनियाँ नागरिकले होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट प्रालि नामको होटलसमेत दर्ताए गरेर अवैध मदिरा धन्दा चलाइरहेका थिए। प्रहरीले मदिरा उत्पादन गर्ने मेसिन र उक्त मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पद्वार्थ साथै विक्रि वितरणको लागि तयार पारिएको मदिरासमेत फेला पारेको छ। प्रहरीले चार वटा स्टिलको मेसिन , मदिरा जम्मा गर्ने ट्याङ्की , मदिरा तौल गर्ने मेसिन , रातो हरियो रङको ८० लिटरको प्लाष्टिक ड्रममा रहेको अवैध मदिरा उत्पादन हुने कच्चा पद्वार्थ ड्रम ११३ थान फेला परेको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *