सिंहदरबारमा कोभिड १९ निर्देशक समितिको बैठक जारी

डिसी नेपाल
१५ साउन २०७८ १७:४८

काठमाडौं। कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनबारे निर्णय लिन प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड १९ निर्देशक समितिको बैठक सिंहदरबारमा बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकले कोरोना नियन्त्रण तथा व्यवस्थापनबारे यसअघिको रणनीतिको समिक्षा गर्ने र नयाँ रणनीतिबारे निर्णय लिने बताइएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बैठक बसिरहेको छ।

साढे ४ बजे शुरु भएको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठ, मुख्य सचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, रथी प्रभुराम शर्मा, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, धनराज ज्ञवाली र कृष्णहरी पुष्कर, काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली, कोभिड १९ संकट व्यवस्थापन सेन्टरका संयोजक बालानन्द शर्मा, प्रहरी अतिरिक्त महानिरीक्षक बिश्वराज पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी,अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव रेग्मी सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *