एसएसबीले तुइन काट्दा युवक बेपत्ता प्रकरणः गृहमन्त्रालयले बनायो छानबिन समिति

डिसी नेपाल
१५ साउन २०७८ २२:०९
172
Shares

काठमाडौं। तुइन काट्दा महाकाली नदीमा एक युवकको मृत्यु भएको विषयमा गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा छानविन समिति बनाएका छन्।

दार्चुलाको व्यास गाउँपालिका निवासी ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर वेपत्ता भएको विवरहरु प्राप्त भएपछि मन्त्रालयले छानविन समिति बनाएको हो। भारतीय सुरक्षा फौजको यो ज्यादतीको विरोधमा चौतर्फी विरोध शुरु भइरहेका बेला गृहमन्त्री खाँणले गृहसचिव न्यौपानेकै संयोजकत्वमा शुक्रबार साँझ छानविन समिति गठन गरेका हुन्।

घटनामा के भएको हो, किन यस्तो अवस्था आयो ? भन्ने यर्थाथ पत्ता लगाई रिपोट सिधै आफूलाई पेश गर्न भन्दै गृहमन्त्री खाँणले छानविन समिति बनाएका हुन्।

मन्त्रीस्तरीय निर्णयका आधारमा मन्त्री खाँणले समितिमा गृहमन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेल, सुदुरपश्चिमका डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य रहने गरी समिति बनाएको मन्त्रालय स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *