संसदीय दलको नेता चुन्न जसपाको बैठक जारी

डिसी नेपाल
१६ साउन २०७८ १४:५६
184
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेको हो।

केही दिन अघिमात्र निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद निरुपण गरेको थियो । विवाद निरुपण भएपछि संसदीय दलको बैठक पहिलो पटक बसेको हो।

सर्वसम्मतीले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत दलको नेता चयन गर्ने नेताहरुले बताएका छन्। दलको बैठकमा २१ जना संघीय संसदको उपस्थिति छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *