एकै दिन २ लाख ८० हजारले लगाए कोरोनाविरुद्धको खोप

डिसी नेपाल
१६ साउन २०७८ २२:१५
1.6k
Shares

काठमाडौं। शनिबार देशभर १ लाख ८० हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शनिबार देशभर २ लाख ८० हजार ९ सय ४१ जनाले कोभिड १९ प्रतिरोधी खोप लगाएको जानकारी दिएका छन्।

शनिबार साँझ ट्वीट गर्दै राज्यमन्त्री श्रेष्ठले शनिबारसम्म देशभर खोप लगाउनेको संख्या ५६ लाख ८२ हजार ६ सय २७ जनामा खोपको पहुँच पुगेको छ जानकारी दिएका छन्। हाल सरकारले विभिन्न उमेर समूहलाई लक्षित गरेर खोप अभियान चलाइरहेको छ। यस्तै विभिन्न पेशामा रहेर अग्रभागका खटिएका पेशाकर्मीलाई पनि खोप लगाइएको छ।

पछिल्लो समय अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन र चीनबाट खरिद गरिएको भेरोसेल खोप अभियान चलिरहेको छ। अमेरिकी जोन्सन एन्ड जोन्सन खोप एक डोज लगाए पुग्छ भने भेरोसेल दुई डोज लगाउनुपर्ने खोप हो। हाल पहिलो डोजको खोप अभियान जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *