मेलम्चीमा बाढी आयो, तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा जान वार्निङ

डिसी नेपाल
१६ साउन २०७८ २३:०४
1.2k
Shares

काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची नदीमा भीषण बाढी आएको छ। बाढी आएपछि हेलम्बु र मेलम्ची बजारका वासिन्दालाई सुरक्षित स्थानमा बस्न चेतावनी दिइएको छ।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायव निरीक्षक बाबुलाल श्रेष्ठले डिसी नेपालसँग फोनमा भने, ‘हामी नदीको नजिकै छौं, अहिले बाढी बढिरहेको छ। हेलम्बुमा बाढी आएको सूचना पाएपछि यहाँ पनि हामीले साइरन बजाउने, सिठी बजाउने र माइकिङ गरेका छौं। अहिले तटीय क्षेत्रका वासिन्दा सुरक्षित स्थानमा जानु भएको छ।’

उनका अनुसार शनिबार राति ११ बजेको समयमा मेलम्चीमा बाढी बढिरहेको छ। उनले असार १ गतेको जति ठूलो बाढी भने नआएको बताए। असार १ गते आएको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो जनधनको क्षति गरेको थियो। सो बाढीका कारण विस्थापित भएकाहरु अस्थायी टहरमा बसिरहेका बेला शनिबार फेरि बाढी आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *