पार्टीको विवाद समाधानमा लाग्ने माधव समूहको निर्णय, ओली र नेपालबीच भेटवार्ताको वातावरण बनाइँदै
फाइल
काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूहले पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको छ। सोमबार भएको सो समूहको भेलाले पार्टी एकता बनाउन दुबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए।
उनले एकतामा समस्या गर्ने कुनै पनि भेला छलफलमा सहभागी नहुनेसमेत सो बैठकले निष्कर्ष निकालेको छ। र पार्टी एकताको प्रक्रियामा विवाद थप्ने गरि कुनै पनि पक्षबाट अभिव्यक्ति दिन नहुने नेता पन्तले बताए। उनले आफूहरुले पार्टी विभाजनको कुरा नगरेको भन्दै दुबै पक्षले शिष्टाचार कायम राख्नुपर्ने बताए।
उनले छिटै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट हुनेसमेत बताए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment