आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्छुः प्रदेश प्रमुख गुरुङ

डिसी नेपाल
१८ साउन २०७८ २२:५५
52
Shares

दमौली । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ (ख) ले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आज बन्दीपुरको डुम्रेमा स्वागत तथा सम्मान गरेको छ ।

पोखरा जाने क्रममा प्रदेश प्रमुख गुरुङलाई सो पार्टीले स्वागत तथा सम्मान गरेको हो ।

सो अवसरमा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने उल्लेख गर्दै अब आफू जनताको प्रतिनिधि भएकाले जनताकै चाहना अनुसारको जिम्मेवारी वहन गर्ने बताए ।

कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले एक सच्चा, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलाई प्रदेश प्रमुखमा पाउनु सौभाग्यको कुरा भएको बताए । कांग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, वडासभापति सुबोध अधिकारी, महिला नेतृ सरिता पियालगायतले प्रदेश प्रमुख गुरुङको कार्यकालमा गण्डकी प्रदेशमा उत्कृष्ट कार्य हुने विश्वास व्यक्त गरे । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *