नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेशमा रोक

डिसी नेपाल
१९ साउन २०७८ ११:२२

काठमाडौं । दक्षिण कोरियाले डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च हुन थालेपछि कोरिया अध्ययन गर्न जाने नेपालसहित २६ देशका विद्यार्थीलाई प्रवेशमा रोक लगाएको छ । कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो ।

मन्त्रालयले सेप्टेम्बरको अन्त्यसम्म आफ्ना ७० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा भएपछि प्रवेश खोल्ने जनाएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ । तर नेपालसहित भारत, बङ्गलादेश, यूएईलगायत देशका विद्यार्थीलाई रोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *