कुलमानलाई विद्युत प्राधिकरणको निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
१९ साउन २०७८ १६:५९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् ।

ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाले प्राधिकरणको निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर हालका निर्देशक हितेन्द्रदेव शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *